बाबुरामलाई कमल थापाको व्यंग्य – गीत सुनेको भरमा कसरी भोट हाल्नु

बिहीबार, मंसिर १, २०७९
यतिबेला राजनीतिक पार्टीहरुले गीतसंगीतलाई भोट माग्ने हतियारका रुपमा प्रयोग गरिरहेका छन् । जनता समाजवादी पार्टी (जसपा)ले पनि चुनावका लागि गीत तयार गरेको छ । सोही गीतलाई जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सोमबार ट्वीटरमा सेयर गरे । भट्टराईले गीत सेयर गर्दै लेखे – ‘छातामा भोट हालौं साथी हो ! जसपाको चुनावी गीत सुनौं र भोट हालौं !’ भट्टराईको यो ट्वीटमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने व्यंग्य गरेका छन् । आफै पनि गीतकार रहेका थापाले रिट्वीट गर्दै लेखे – ‘गीत सुनेको भरमा कसरी भोट हाल्नु र प्रिय मित्र’   https://www.youtube.com/watch?v=vlQ8-Reqmq4
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्