भरतपुर महानगरको मेयरमा सत्ता गठबन्धनबाट रेनु दाहालको मनोनयन दर्ता

बिहीबार, मंसिर १, २०७९

चितवन - सत्ता गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दर्ता गरेकी छिन् । जुलुससहित निर्वाचन कार्यालयमा पुगेर दाहालले मेयर र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका हुन् ।

दाहाल यसअघि पनि भरतपुरको मेयर थिइन् भने अधिकारी वडाध्यक्ष थिए । अधिकारी भरतपुर महानगरपालिकाका कांग्रेस सभापति पनि हुन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्