कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले गरेका यी ३ निर्णय

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विभिन्न निर्णयहरु गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको उक्त बैठकले गरेका निर्णयहरु कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् । पौडेलका अनुसार कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३१ (१) (घ) (२) बमोजिम केन्द्रीय संसदीय समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु पदेन रहने र विधानको धारा ३१ (१) (घ) (३) बमोजिम पार्टीका नेता एवं केन्द्रीय सदस्य रामचन्द्र पौडेललाई सभापतिको प्रस्तावमा केन्द्रीय संसदीय समितिको सदस्यमा अनुमोदन गर्ने निर्णय कांग्रेसले गरेको छ । त्यस्तै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टी विधानको व्यवस्था बमोजिम सम्बन्धित महानगरपालिका कार्यसमितिको सिफारिस र प्रदेश कार्यसमितिको राय सहित केन्द्रमा प्राप्त हुन आएका नाममध्ये विराटनगर, काठमाण्डौ र ललितपुर महानगरपालिकाको प्रमुख पदका आधिकारिक उम्मेदवार तथा विरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुख पदका आधिकारिक उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ५४ बमोजिम पार्टी सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रत्यायोजन गर्ने गरी केन्द्रीय संसदीय समितिले गरेको निर्णयलाई विधानको धारा ३१ (२) बमोजिम अनुमोदन गर्ने निर्णय गरेको छ । वैशाख ११, २०७९ प्रेस विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सभापति एवं सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा आज बस्यो । बैठकको निर्णयहरु ः १. केन्द्रीय संसदीय समितिको गठन सम्बन्धमा ः क) नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३१ (१) (घ) (२) बमोजिम केन्द्रीय संसदीय समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु पदेन रहने । ख) विधानको धारा ३१ (१) (घ) (३) बमोजिम पार्टीका नेता एवं केन्द्रीय सदस्य श्री रामचन्द्र पौडेललाई सभापतिको प्रस्तावमा केन्द्रीय संसदीय समितिको सदस्यमा अनुमोदन गर्ने । २. यही २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टी विधानको व्यवस्था बमोजिम सम्बन्धित महानगरपालिका कार्यसमितिको सिफारिस र प्रदेश कार्यसमितिको राय सहित केन्द्रमा प्राप्त हुन आएका नाममध्ये विराटनगर, काठमाण्डौ र ललितपुर महानगरपालिकाको प्रमुख पदका आधिकारिक उम्मेदवार तथा विरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपप्रमुख पदका आधिकारिक उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ५४ बमोजिम पार्टी सभापति एवं सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवालाई प्रत्यायोजन गर्ने गरी केन्द्रीय संसदीय समितिले गरेको निर्णयलाई विधानको धारा ३१ (२) बमोजिम अनुमोदन गर्ने । जय नेपाल ! कृष्णप्रसाद पौडेल मुख्य सचिव
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्