काठमाडौं मेयरमा उम्मेदवारी दिएका र्‍यापर बालेनको प्रतिबद्धतापत्रमा के छ ?

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - काठमाडौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका बालेन शाहले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । आइतबार उम्मेदवारी दर्ता गर्नुअघि शाहले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । उनको प्रतिबद्धतापत्रमा वृद्ध भत्ता वितरण घर–घरमै पुगेर गर्नेदेखि आइडिया बैंकसम्मका योजना ल्याउने बताउका छन् । उनको प्रतिबद्धतापत्रमा कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम परिमार्जन गरेर इतिहास, योग, आयुर्वेद जस्ता पौराणिक शिक्षा दिने, जन्मदर्ता प्रमाणपत्र, मृत्युदर्ता, विवाह दर्ता तथा अन्य कागजातहरूको होम डेलिभरी गर्ने लगायत उल्लेख गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्