७ जनाले गराए भरतपुर मेयरका लागि मनोनयन दर्ता

बिहीबार, मंसिर १, २०७९
चितवन— चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सात जनाले मनोनयन दर्ता गराएका छन्। जसमध्ये तीन जनाले राजनीतिक दल र चार जनाले स्वतन्त्रतर्फबाट मनोनयन दर्ता गराएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवनका सूचना अधिकारी पुरुषोत्तम पौडेलले प्रमुख पदमा नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवाल, राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनबाट टेकबहादुर पुनले मनोनयन दर्ता गराएको जानकारी दिए। स्वतन्त्रतर्फबाट रुद्रप्रसाद सापकोटा, मोहित पाण्डे, यमकान्त शर्मा कँडेल र रामकृष्ण ओझाले पनि मनोनयन दर्ता गराएका हुन्। पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल, नेकपा एमालेका विजय सुवेदीलगायतले भने मनोनयन दर्ता गराउन बाँकी नै छ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्