रेसुङ्गा नगरपालिकाको मेयरमा काँग्रेस जिल्ला सभापति पन्थीको उम्मेदवारी

बिहीबार, मंसिर १, २०७९
गुल्मी— नेपाली काँग्रेस गुल्मीले रेसुङ्गा नगरपालिकामा मेयर उम्मेदवारको टुङ्गो लगाएको छ । आइतवार नेपाली काँग्रेसकोे पार्टी कार्यालयमा बसेका नगर कमिटीकोे बैठकले जिल्ला सभापति खिलध्वज पन्थीलाई सर्वसम्मत मेयरमा चयन गरेको नेपाली काँग्रेस जिल्ला सह–सचिव धर्मराज पाण्डेले जानकारी दिए । सह–सचिव पाण्डेका अनुसार उप–मेयर लगायत अन्य उम्मेदवार चयनका बारेमा सत्ता गठबन्धनको बुटवलमा छलफल भईरहेको उनले बताए । सत्ता गठबन्धबाट रेसुङ्गा मेयर उम्मेदवार सर्वसम्मत चयन भएका पन्थी नेपाली काँग्रेसको १४ औं महाधिबेशनबाट जिल्ला सभापतिमा निर्वाचित भएका थिए । २०७४सालमा सम्पन्न स्थानिय तहको निर्वाचनबाट रेसुङ्गा नगरपालिकामा ठुला तीन राजनितिक दल एक्ला एक्लै चुनावमा होमिएका थिए । जसमा (नेकपा) एमाले मेयर ,उप–मेयर र छ वटा वडा जितेको थियो । अन्य बाँकि वडामा नेपाली काँग्रेस विजय भएको थियो । यसपालीको निर्वाचनमा सत्ता गठबन्धन र (नेकपा) एमाले विच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमाले रेसुङ्गा नगरपालिकाको मेयरमा राजेन्द्र प्रसाद पाण्डेयलाई सर्वसम्मत चयन गरेको छ । उप–मेयरको टुङ्गो अझै लागेको छैन् । निर्वाचन कार्यालयले उम्मेदवारी मनोनयन दर्ता ११ र १२ गतेको तालिका सार्वाजानिक गरेको छ । एमाले र गठबन्धन दौडधुपमा लागेका छन्
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्