जनमतबाट धनुषाधामको मेयरमा अमृत महतो सर्वसम्मत चयन

बिहीबार, मंसिर १, २०७९
धनुषा - लामो रस्साकस्सीपछि धनुषाको धनुषाधाम नगरपालिकामा मेयर पदका लागि अमृत महतोको उम्मेदवारी सर्वसम्मत भएको छ । चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टीले धनुषाधाम नगरपालिकामा अमृत महतोलाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाएको हो । समग्र मधेश प्रदेशको विकास र विशेषतः जनकपुरधाम-धनुषाधाम क्षेत्रको विकास र पर्यटन हबका लागि उम्मेदवारी दिन लागेको महतोले बताए । उनले भने, ‘युवाको उपस्थितिले राजनीतिमा पुरातनवादी मनोवृत्ति परिवर्तन गर्न सक्छ । युवालाई प्रोत्साहन गर्दा नेतृत्व गर्ने तत्परता, क्रियाशीलता र सहभागिताले राजनीतिलाई नयाँ आयाम दिन सक्छ। त्यसैले जनमत पार्टीबाट उम्मेदवारी दिन लागेको हुँ ।’ स्थानीय तहको निर्वाचनमा युवा पुस्ताले राजनीतिक आग्रसरताबाट छान्ने काम गर्नु मतदातालाई आग्रह समेत गरे । उच्च शिक्षा हाँसिल गरेका महतोले युवा पुस्ताबाट समाजको विकासको नयाँ अध्याय सुरु गर्न नयाँ पुस्ताका युवालाई अवसर प्रदान गरिनुपर्ने बताए । उनले भने, ‘नयाँ युग र परिवर्तनशील समाजको सृजना गर्न नयाँ सोच, उमंग, जोश जाँगर भएको मानिसलाई नेतृत्वमा ल्याउनु पर्दछ ।’ जनमत पार्टीले आफ्ना उम्मेदवार चयनका लागि ९ वटा मापदण्ड तयार गरेको छ । स्थानीय तहमा बसेर जनसमर्थन पाएको, पार्टीमा योगदान गरेको व्यक्ति, भ्रष्टाचारलगायतका मुद्दामा विवादमा नतानिएको, संगठन विस्तार र आन्दोलनमा सक्रिय सहभागिता जनाएकालाई जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा पालिकाको मेयर र उपमेयरको उम्मेदवार बनाएको बताएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्