माओवादी केन्द्रका देवकोटा र शेर्पा एमाले प्रवेश

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - संविधानसभा सदस्य समेत रहेकी नेकपा माओवादी केन्द्रकी नेतृ लक्की शेर्पा नेकपा एमालेमा प्रवेश गरेकी छन् । शेर्पा नेकपा माओवादी केन्द्रको सिफारिसमा नेपालका लागि अष्ट्रेलियाको राजदूत समेत बनेकी थिइन् । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा शेर्पालाई खादा ओढाएर स्वागत गरेका छन् । यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटालाई पनि ओलीले एमाले प्रवेश गराएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्