नेकपा एमालेद्वारा स्थानीय तह निर्वाचन केन्द्रीय घोषणापत्र सार्वजनिक, यस्ता छन् ६ वटा संकल्प

बिहीबार, मंसिर १, २०७९
काठमाडौं नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि शुक्रबार पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् । केन्द्रीय घोषणापत्रसँगै ७५३ वटै पालिकाको प्रतिबद्धता पत्र पनि सार्वजनिक गरिरहेको छ । घोषणापत्रमा विभिन्न ६ वटा संकल्प पनि गरिएको छ । एमालेले अघि सारेको संकल्पअनुसार :- हाम्रा जनप्रतिनिधिहरू शासक होइन, जनताका सेवक हुने छन्। हाम्रा जनप्रतिनिधिहरू सामाजिक जागरण र विकासका अभियन्ता हुनेछन्। हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमुना बन्नेछन् । हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्नेछन्।हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछन्। हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पुर्‍याउन अग्रणी भूमिका खेल्नेछन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्