निर्वाचनमा माओवादीलाई जनताको साथ रहने प्रचण्डको विश्वास

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनमा माओवादीलाई जनताको साथ रहने विश्वास व्यक्त गरेका छन् । बिहिाबर कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा गरेका हुन् । कार्यक्रममा प्रचण्डले फेरि कम्युनिष्ट एकता हुने दाबी पनि गरे । साविक नेकपा तीन टुक्रा र एमाले दुई टुक्रा हुने भएको भएको निरकुंश र अहंकारी प्रवृत्तिलाई आसन्न निर्वाचनबाट परास्त गर्ने र कम्युनिष्ट एक हुने उनको भनाई छ । उनले फेरि एक पटक माओवादीलाई यो देशको नेतृत्व लिनबाट कसैले रोक्न नसक्ने पनि बताए । देशको राजनीतिको केन्द्रविन्दुमा अहिले पनि माओवादी केन्द्र नै रहेको भन्दै प्रचण्डले दाबी गरे । उनले भने - 'जति नै गाली गरेपनि अहिले पनि केन्द्रमा त प्रचण्ड नै घुमिरहेको छ । '
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्