सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एकीकृत समाजवादीका मन्त्रीले एकैपटक राजीनामा दिँदै

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका एकीकृत समाजवादी पार्टीका मन्त्रीले एकैपटक राजीनामा दिने भएका छन् । प्रदेश सरकारमा नेपाली कांग्रेसबाट पनि मन्त्री चयन गरेर केन्द्रले सर्कुलर पठाएपछि समाजवादीका मन्त्रीहरुले सामूहिक रुपमा राजीनामा दिँने भएका हुन् । सर्कुलर अनुसार समाजवादीले पाएका दुई मन्त्री र एक राज्य मन्त्री बाहिरिनुपर्ने भएपछि मन्त्रीहरुले सामूहिक राजीनामा दिने तयारी गरेका हुन् । अहिले समाजवादीबाट ४ मन्त्री र ३ राज्य मन्त्री रहेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्ण जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र सामाजिक विकास राज्य मन्त्री मनाकुमारी साउँदको स्थानमा कांग्रेसका मन्त्री आउने भएका छन् । जसका कारण समाजवादी पार्टीका मन्त्रीहरुले राजीनामा दिने भएका हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्