यस्ता छन् मन्त्रिपरिषद्का २३ निर्णय

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - सरकारले ज्येष्ठ नागरिकहरूलाई विशिष्ट प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहितको जेष्ठ नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बैठकको निणर्य सार्वजनिक गर्दै सरकाका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका हुन् ।

यस्तै बैठकले हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले अमलेखगंज सवस्टेशनको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ । बैठकले पश्चिम सेती कोरिडोर ४०० के.भी. प्रसारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने भएको छ । लाटिनाथ ३३ के.भी. प्रसारण लाइन तथा सवस्टेशनको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको हो ।

श्रम अदालतको अध्यक्षमा उच्च अदालत विराटनगर, ओखलढुंगा इजलासका न्यायाधीश बासुदेव आचार्यलाई तोकेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ बमोजिमको पुनरावेदन समितिको अध्यक्षमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेललाई तोक्ने निर्णय गरेको छ ।

राजश्व न्यायाधिकरण पोखराको कानून सदस्य एवम् अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश रमेशप्रसाद राजभण्डारीलाई तोक्ने निणर्य गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्ष पदमा उच्च अदालत जनकपुर, वीरगंज इजलासका माननीय न्यायाधीश डा. रवि शर्मा अर्याललाई तोक्ने निर्णय गरेको छ ।

हप्तामा दुई दिन बिदा दिने मन्त्रिपरिषदको निणर्य किन भएन सार्वजनिक ? बिहीबारको मन्त्रिपरिषद बैठकले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रीहरुबाटै बाहिर आएको त्यो निर्णय शुक्रबार सार्वजनिक भने भएन । बिहीबारको मन्त्रिपरिषद बैठकका निणर्य संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सार्वजनिक गरे ।

तर, उनले सार्वजनिक गरेका निर्णयका २३ वटा बुँदामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय भने उल्लेख छैन । एक मन्त्रीका अनु्सार मन्त्रिपरिषदले शनिबार र आइतबार दुइ दिन बिदा दिने निर्णय नीतिगत रुपमा मात्र भएकाले त्यसलाई सार्वजनिक नगरिएको हो । ‘शनिबार र आइतबार दुबै दिन बिदा दिएपछि शुक्रबारको आधा दिनको बिदा पनि कटौती गर्नुपर्‍यो । हप्तामै दुई दिन बिदा दिने भएपछि राष्ट्रिय बिदाको दिन पनि हिसाव गरेर कार्यान्वयन गराउनु पर्‍यो’, ती मन्त्रीले भने, ‘यी सबै कामका लागि उपयुक्त गृहकार्य र काम अघि बढाउनुपर्छ । त्यसैले हतारमा निर्णय सार्वजनिक नगरिएको हुन सक्छ ।’ ती मन्त्रीका अनुसार दुई दिन बिदा दिने नीतिगत निर्णय भने भइसकेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्