माओवादी केन्द्रका नेता ऋषिराम काफ्लेको माडीको नगरप्रमुख पदमा उम्मेदवारी दावी

बिहीबार, मंसिर १, २०७९
चितवन - नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य ऋषिराम काफ्लेले माडीको नगर-प्रमुख पदमा उम्मेदवारी दावी गरेका छन् । त्यहाँको स्थानीय रेडियोसँग कुरा गर्दै काफ्लेले माडीलाई देशकै नमुना नगरपालिका बनाउन आफ्नो नगरप्रमुख पदमा दाबी रहेको बताए । माओवादी केन्द्र कार्यकर्तामा आधारित पार्टी रहेकोले उम्मेदवारको आकंक्षी धेरै हुनु स्वभाविक भएको उनको भनाई छ । उनले माडीमा भएका हरेक विकाश निर्माणका काममा पार्टीको योजनामै नगरप्रमुख ठाकुर प्रसाद ढकाल मार्फत अगाडि बढेको बताए । आउँदो बैशाख ३० गते हुने चुनावमा माडीको नगरप्रमुख पदमा हालका नगरप्रमुख ढकालले आफू फेरि पनि उम्मेदवार बन्न तयार रहेको बताइरहेको छ । लामो समयदेखि राजनीतिमा लागेर माडीको विभिन्न क्षेत्रको विकाशमा योगदान पुर्याउदै आएका काफ्लेले शिक्षण सेवा समेत छोडेर माडीलाई देशकै नमुना नगरपालिका बनाउन लागिपरेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार