संसदीय व्यवस्थाको चुनाव होइन, व्यवस्थाको चुनाव गरौँ, भाग लिन्छौँ - विप्लव

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ले व्यवस्थाको चुनावमा भाग लिन तयार रहेको बताएका छन् । बिहीबार जनआन्दोलन दिवसको अवसरमा चितवनको भरतपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै विप्लवले सो कुरा गरेका हुन् । उनले भने - 'यदि चुनाव नै गर्नुपर्छ भने ठिक छ । संसदीय व्यवस्थाको चुनाव होइन । संसदको चुनाव होइन । जनमत संग्रह गरौँ । व्यवस्थाको चुनाव गरौँ । नेपालमा संसदीय व्यवस्था ठिक कि वैज्ञानिक समाजवाद ठिक । हामी त्यसका लागि तयार छौँ' संसदीय व्यवस्था संकटग्रस्त भएको भन्दै उनले संसदीय व्यवस्था असफल भइसकेको दाबी गरे । उनले भने - 'संसदीय व्यवस्था मुठिभरका पुँजीपति वर्गको व्यवस्था हो । देशलाई टाट पल्टाउने व्यवस्था हो । जनताको पक्षमा काम गर्न नसकेकाले यो व्यवस्था असफल भएर संकटग्रस्त भएको छ ।' उनले स्थानीय तहको चुनावमा एमसीसी सम्झौता पास गर्ने, देशलाई बेचेर खाने पार्टीका उमेदवारविरुद्ध उमेदवारी दिन पनि आग्रह गरे ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार