कुनै पनि बहानामा संविधानमाथि आक्रमण गर्ने अधिकार कसैलाई छैन - प्रचण्ड

बिहीबार, मंसिर १, २०७९
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले कुनै पनि बहानामा संविधानमाथि आक्रमण गर्ने र च्यात्ने अधिकार कसैलाई नरहेको बताएका छन् । बिहीबार सिरहाको मिर्चैयामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा गरेका हुन् । संविधानमा धेरै विषय समेट्न बाँकी रहेको भन्दै उनले आफू प्रधानमन्त्री हुँदा दुईपटक मधेसीसहितका अधिकार समेट्न संविधान संशोधनको प्रस्ताव दर्ता गराएको बताए । नागरिकतासम्बन्धी समस्या मधेसमा रहेको भन्दै उनले यो समस्या पनि समाधान गरिने बताए । पार्टीभित्र अल्पमतमा परेपछि तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद विघटनको प्रयास गरेको र आफूहरुले उनको प्रतिगमनलाई परास्त गरेको बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्