कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिको पहिलो बैठक बस्दै

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - सत्तारुढ नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति’ को पहिलो बैठक आज (बिहीबार) बस्दै छ । महामन्त्री गगन थापाको संयोजकत्वमा गठित समितिको पहिलो बैठक बस्न लागेको हो ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय (सानेपा) मा बस्ने समितिका सदस्य किरण गिरीले जानकारी दिएका छन् । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयार पार्न यही चैत १० गते महामन्त्री थापाको संयोजकत्वमा समिति गठन गरेका हुन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार