काठमाडौँ महानगरले सप्ताहव्यापी रुपमा मनाउँदैछ २८ औं महानगर दिवश, के–के गर्दैछ कार्यक्रम

बुधबार, मंसिर २१, २०७९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सप्ताहव्यापी रुपमा २८ औं महानगर दिवश मनाउने भएको छ । मंसिर २३ गतेदेखि २९ गतेसम्म बसन्तपुरमा महसुस यात्रार विशेष सरसफाईलगायत औपचारिक कार्यक्रम गरेर दिवश मनाउन लागिएको बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

 
खासगरी, अनलाईनमार्फत सेवाग्राही प्रशिक्षण, मौलिक बाजागाजामा युवाहरुको रुची बढाउन धिमे बाजा प्रतियोगिता, विद्यालयका विद्यार्थीका लागि चित्रकला र निबन्ध लेखन, शिक्षकस्तरमा वक्तृत्वकला, जेलभित्रका विद्यालय, फरक क्षमता भएका विद्यार्थीलाई कुर्सी दौड प्रतिगिता र महानगरका कर्मचारीका बीचमा हाजिरी जवाफ प्रतियोगित हुनेछ ।

त्यस्तै, परम्परागत गुरुहरुको सम्मान, मेयर ११ र प्रमुख प्रशासकीय अधिकृत ११ मैत्री फुटबल खेल, महिला जनप्रतिनिध र कर्मचारीका लागि कुर्सी दौड, कलाहरुको प्रद्र्धधन गर्न मंसिर २९ गते चित्रकला प्रदर्शनी, स्थानीय परिकारको प्रवद्र्धन गर्न खाना मेलाको समेत आयोजना गरिने छ ।
ा                                                                                          

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्