तपाईंको सफलता भनेको नै तपाईंको निर्णायक पक्ष हो

शुक्रबार, मंसिर ९, २०७९

निराशासँग सकारात्मक र रचनात्मक तरिकाले सामना गर्ने तपाईंको गुण, तपाईंको सफलता र अरुलाई तपाईंको बारेमा विचारलाई कुनै अरु कुराले धेरै प्रभावित पार्छ । यो धैर्यका साथ सिकिएको एक गुण हो । प्रभावी पुरुष र महिला ती हुन्छन्, जसले विना कारण, विना पूर्वसूचना आउने र टारेर टाल्न नसकिने खालको ठूलो र सानो विपदको पनि सकारात्मक तरिकाले जवाफ दिन गुण विकसित गरेका छन् । तपाईंले पनि यस्तै गर्नुपर्छ । पहिलादेखि नै सोच्नुस्, कि चाहे जे होस्, तपाईंलाई कसैले पनि रोक्न सक्दैन । पहिलादेखि नै सोच्नुस् कि तपाईंले जिन्दगीमा अनेकौँ उतार चढावको सामना गर्नुपर्ने छ, तर तपाईंको लक्ष्य प्राप्त हुन्जेलसम्म प्रयासमा जुटिरहनुस् । जब तपाईं फैसला पहिलादेखि नै गर्नुहुन्छ तब तपाईं हर कुराको लागि तयार रहनुहुन्छ । जब तपाईं मानसिक तयारी गरेर रहनुहुन्छ तब कुनै समस्याको समयमा तपाईंको प्रतिक्रिया त्वरित र उपयोगी हुन्छ । तपाईं कमजोर पर्नुहुन्न जोडदार जवाफ दिनुहुन्छ । तपाईंलाई कसैले पनि रोक्न सक्दैन । साभार: ‘सोच बदलौँ, जिन्दगी बदलौँ’ पुस्तकबाट

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार