माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दुर्गा प्रसाईको दाबी

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं - मेडिकल व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गरेका हुन् । बुधबार भक्तपुरमा आफ्नै लगानीमा निर्माण गरिएको अर्गानिक तरकारी बजारको उद्घाटन कार्यक्रममा प्रसाईले सो कुरा गरेका हुन् । आगामी निर्वाचनमा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने दाबी गर्दै उनले एक मात्र पनि सिट जितेमा सम्पत्ति तिनीहरूले इच्छ्याइएको व्यक्तिको नाममा पास गरिदिने समेत बताए । उनले भने - 'अरुको भन्दिन माओवादी र नेकपा एस भन्ने नक्कली कम्युनिष्ट पार्टीहरूले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जितेछन् भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूले इच्छ्याइएको व्यक्तिको नाममा पास गरेर सन्यास ग्रहण गरेर बृन्दावन जानेछु । मेरो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्छ ।'
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:३७
प्रतिक्रिया दिनुहोस्