ओली नेतृत्वको एमाले उत्प्रेषणको आदेशबाट बनेको गुट हो, पुरानो एमाले होइन : झलनाथ खनाल

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेले आफूलाई पुरानै एमाले भनेर भ्रम छरिरहेको बताएका छन् ।

पार्टी निकट समाजवादी प्रेस संगठनको विस्तारित बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै नेता खनालले एमाले नेकपा एकतासँगै विघटन भइरहेको र अहिलेको एमाले पुरानो एमाले नभएको बताएका हुन् ।

उनले केपी शर्मा ओली नेतृत्वको एमाले उत्प्रेषणको आदेशबाट बनेको गुट भएको टिप्पणी गरे । अहिले सोही गुटले देशभरी पुरानै एमाले भनेर भ्रम छरिरहेको नेता खनालको भनाइ छ।

नेता खनालले आफूहरुले तन्त्रमन्त्र गरेका र शिक्षित गरेका थुप्रै साथीहरु ओली गुटमा रहेको उल्लेख गर्दै उनीहरुलाई भ्रममुक्त भएर आउन आह्वान पनि गरे ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:४७
प्रतिक्रिया दिनुहोस्