जसपाका प्रमुख सचेतक साहमाथि आक्रमण

शुक्रबार, मंसिर ९, २०७९
जनकपुरधाम - जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद साहमाथि सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् । जनमतका कार्यकर्ताको आक्रमणमा परी सांसद साहको टाउको फुटेको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । साह सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । उनी ईश्वरपुर नगरपालिकाको युवा क्लव उद्घाटन कार्यक्रममा जाँदा जनमत पार्टीका कार्यकर्ताले अवरोध गरेका थिए । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले अवरोध गरेपछि जसपा र जनमतका कार्यकर्ताबीच झडप भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:४८
प्रतिक्रिया दिनुहोस्