१० वर्षसम्म सर्वदलीय सहमतिको सरकार बनाउन बाबुराम भट्टराईको प्रस्ताव

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं - जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले १० वर्षसम्म सर्वदलीय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् । काठमाडौंमा जारी अर्थशात्रीहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले सो कुरा गरेका हुन् । उनले सर्वदलीय सरकारले मात्रै देशको मुहार फेर्ने धारणा राखे । उनले भने - ‘देशको अर्थतन्त्रलाई बलियो बनाउन मेरो विचारमा १० वर्षसम्म सर्वदलीय सहमति सरकार बनाएर जाऊ, नभए प्रत्यक्ष राष्ट्रपतिय सरकार बनाउन लागौं तर यो संसदीय प्रणालीवाट देशको मुहार फेर्न सकिन्।’
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:४६
प्रतिक्रिया दिनुहोस्