स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्नु उचित हुने कांग्रेस नेताहरुको भनाई

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बारे जानकारी गराएका छन् । उनका अनुसार बैठकमा बोल्ने अधिकांश नेताहरुले स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्नु उचित हुने बताए । गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा गठबन्धन गर्ने र गठबन्धन बिना जित्ने ठाउँमा गठबन्धन नगर्ने भन्ने आशयको विचार केन्द्रीय सदस्यहरुले बताएको प्रवक्ता डा। महतले बताए । उनले बैठकमा प्रदेशहरुबाट फरक फरक ठाँउहरुबाट विभिन्न फरक फरक सुझावहरु आएको र छलफल पछि टुंगोमा पुगिने उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:४६
प्रतिक्रिया दिनुहोस्