एमाले नेता रञ्जु ठाकुर जसपामा प्रवेश

शुक्रबार, मंसिर ९, २०७९

सप्तरी - नेकपा एमाले सप्तरीकी नेतृ रन्जु ठाकुर जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेकी छन् । बुधबार राजविराजमा आयोजित कार्यक्रममा ठाकुर एमाले परित्या गर्दै जसपामा प्रवेश गरेकी हुन् ।

ठाकुर दोस्रो संविधानसभामा एमालेको तर्फबाट सदस्य बनेकी थिइन् । उनी विगत केही सयमयता एमालेप्रति रुष्ठ थिइन् । बुधबार राजविराजमा आयोजित एक कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले ठाकुरलाई पार्टी प्रवेश गराएका हुन् । संविधानसभा सदस्य रहेको बेला ठाकुर महिला, बालबालिका तथा जेष्ठ नागरिक संसदीय समिति सभापतिसमेत भएकी थिइन् ।

उनी विद्यार्थीकालदेखि नै वामपन्थी राजनीतिमा क्रियाशील थिइन् । ठाकुरसँगै सप्तरी उद्योग वाणिज्य संघ र सप्तरी निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष अरुणकुमार प्रधान पनि जसपामा प्रवेश गरेका छन् । प्रधान आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष समेत हुन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेता कार्यकर्ताहरुले दल अदलबदल गर्ने क्रम बढ्दै गएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:०७
प्रतिक्रिया दिनुहोस्