‘एमालेसँग तत्काल तालमेल सम्भव छैन, तर कांग्रेसले लखेट्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन’

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल एमालेसँग गठबन्धनको सम्भावना नभएको तर कांग्रेसको व्यवहारका कारण परिस्थिति के हुन्छ भन्न नसकिने बताएका छन् ।

बुटवलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले एमालेसँग तालमेलको सम्भावना कांग्रेसको व्यवहारमा भर पर्ने बताएका हुन् ।

‘आफूहरु पाँचदलीय गठबन्धनमा रहेकाले तत्काल एमालेसँग सहमतिको सम्भावना छैन’ उनले भने, ‘तर यो एक हदसम्म कांग्रेसको व्यवहारमा पनि भर पर्छ ।’

कांग्रेसका केही नेताहरुले कुनै हालतमा तालमेल गरिँदैन भनेर अतिवादी देखाएको प्रचण्डको गुनासो छ । उनले भने, ‘कांग्रेसले लेखट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता गठबन्धनलाई जोगाएर लैजाने पक्षमा रहेको बताए ।

गठबन्धन गरेर जाने कुरा भएपनि माओवादीले आफ्नो तागतमा चुनाव लड्ने विषयलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०६
प्रतिक्रिया दिनुहोस्