यू-१८ महिला साफ च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश भिड्दै

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ - भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

भारतको जमसेदपुरमा नेपाल र बंगलादेशबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।

आज बंगलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन । बंगलादेश पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ ।

पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७-० गोल अन्तरले पराजित भएको थियो।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।

यस्तै नेपालले तेस्रो खेलमा चैत ७ गते फेरि भारतसँग खेल्दा नेपालले चैत ९ मा बंगलादेशसँग खेल्नेछ ।

शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:०४
प्रतिक्रिया दिनुहोस्