मंगलबार टर्की जाँदै परराष्ट्रमन्त्री खड्का

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं - परराष्ट्रमन्त्री डा. नारायण खड्का मंगलबार टर्की जाने भएका छन् । टर्कीको विदेश मन्त्रालयले यही मार्च ११ देखि १३ सम्म आयोजना गर्ने एन्टल्या डिप्लोमेसी फोरममा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । 

‘विज्ञहरुको भेलामा सहभागी हुन भोली टर्की जाँदैछु,’ परराष्ट्रमन्त्री डा. खड्काले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने । टर्की भ्रमणका बेला त्यहाँका समकक्षिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनले जनाए । भेटवार्तामा आपसी हितका विषयमा छलफल गरिने उनले बताए । 

फोरममा थुप्रै देशका विदेशमन्त्रीलाई निमन्त्रणा गरिएको छ । अन्य देशका विदेशमन्त्रीसँग पनि भेटघाट गर्ने उनले जनाए । टर्कीको विदेश मन्त्रालयले फोरममा सहभागी हुन युद्धरत रुस र युक्रेन दुवै देशका विदेशमन्त्रीलाई समेत निम्तो दिएको छ । 


प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:३४
प्रतिक्रिया दिनुहोस्