प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - बुधबार प्रतिनिधिसभाको बैठक बस्दैछ । गत आइतबार एमसीसी पारित भएपछि पहिलो पटक दिउँसो १ बजे संसद बैठक बस्न लागेको हो । संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छन् ।

 बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ०७:३४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार