आफूहरुको माग सम्बोधन नभएसम्म एमाले संसदीय प्रक्रियामा सहभागी नहुने

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरुको माग सम्बोधन नभएसम्म संसदीय प्रक्रियामा एमाले सहभागी नहुने बताएका छन् । 

आउँदो स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न शुक्रबार निर्वाचन आयोग पुगेका महासचिव पोखरेलले सो कुरा गरेका हुन् । उनले आफूहरु संसदीय प्रक्रियामा सहभागी हुने वातावरण बनेपछि मात्र एमसीसीसहितका विषयमा धारणा बनाउने बताए । 

सभामुख अग्निप्रसाद सापकोटाले गल्ती सच्याउनु पर्ने वा राजीनामा दिएर माग प्रशस्त नगरेसम्म एमाले संसदीय प्रक्रियामा सहभागी नहुने उनले बताए । 

उनले भने - 'एमाले विभाजन गर्नेगरी सभामुखले पदीय जिम्मेवारी निर्वाह गर्नेक्रममा दोहोरो भूमिका निभाउनुभयो । सभामुखले गल्ती सच्याउनुप¥यो वा मार्गप्रशस्त गर्नुप¥यो ।'
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:०४
प्रतिक्रिया दिनुहोस्