राप्रपाद्वारा विभाग प्रमुख मनोनयन, प्रचार विभाग प्रमुखमा श्रेष्ठ

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विभिन्न सात विभागको प्रमुख मनोनयन गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुरूप विभिन्न व्यक्तिलाई विभाग प्रमुखको जिम्मेवारी दिनुभएको हो । 

महामन्त्री राजेन्द्र गुरुङलाई संयोजित सङ्गठन समन्वय, प्रवक्ता मोहन श्रेष्ठलाई प्रचार, प्रवक्ता गोपाल दाहाललाई सम्पर्क समाज समन्वय प्रवक्ता, ज्ञानेन्द्र शाहीलाई सुशासन विभागको प्रमुखमा मनोनयन गरिएको छ ।

केन्द्रीय सदस्य आनन्द अधिकारीलाई प्रवास, लक्ष्मी सङ्ग्रौलालाई वाणिज्य क्षेत्र समन्वय र दमन बस्नेतलाई खेलकुद विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएको राप्रपाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।रासस
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:३५
प्रतिक्रिया दिनुहोस्