एमसीसी फिर्ता लैजान अमेरिकालाई आग्रह गर्दै वामदेवले भने - यदि समस्या उत्पन्न भए देउवा र ओली जिम्मेवार

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का कारण अमेरिकासँगको सम्बन्धमा समस्या उत्पन्न भए त्यसको लागि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जिम्मेवार हुने बताएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले सो कुरा गरेका हुन् । 

जनस्तरमा बिरोध भइरहँदा पनि सरकारले एमसीसी टेबल गरेको भन्दै आक्रोश पोखेका छन् । उनले यसले जनताप्रति सरकार इमान्दार नभएको देखिएको बताए । गौतमले एमसीसी सम्झौता फिर्ता लिए नेपाल र अमेरिकाबीचको सम्बन्ध अझै प्रगाढ र समुधुर हुने विश्वास पनि गरेका छन् । 

उनले भने - 'मैले यसभन्दा पहिले पनि एमसीसी परियोजना फिर्ता लैजान अमेरिकी सरकारलाई विज्ञप्तिमार्फत अनुरोध गरेको थिएँ । म फेरि पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गर्दछु'

b.jpg

उनले थपे - 'यसबाट संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको उपनिवेश हुन नपरेको गौरवगाथाले ओतप्रोत नेपाल राष्ट्रका बीच रहेको अभूतपूर्व मित्रतापूर्ण सम्बन्धलाई अझै प्रगाढ र समुधुर बनाउने सहयोग मिल्नेछ ।'

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार