गठबन्धनमा खटपट शुरु भएपछि एमाले तर्फ फर्कदै कांग्रेस, ओलीलाई भेटे मिनेन्द्रले

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालबीच भेटवार्ता भएको छ । बिहिबार एमाले अध्यक्ष ओलीलाई भेट गर्न नेता रिजाल बालकोट पुगेका हुन् । 

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको सन्देश लिएर नेता रिजाल ओली भेट्न पुगका हुन् । अहिले एमसीसीको बिषयलाई लिएर गठबन्धनमा खटपट भइरहदा नेता रिजाल ओली भेट गर्न पुग्नुलाई महत्वपूर्ण रुपमा लिइएको छ । 

उनीहरुबीच अमेरिकी सहयोग परियोजना एमसिसी र संसद सुचारु गर्ने बिषयमा छलफल भएको बताइएको छ । गठबन्धन दलमा खटपट शुरु भएपछि कांग्रेसले एमालेका नेताहरुसँग छलफल गर्न थालेका छन् । 

संसद बैठकमा एमसीसी टेबल गर्न माओवादी केन्द्र र एकीकृत समाजवादी सहमतीमा नआएपछि गठबन्धनमा खटपट शुरु भएको हो । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:५३
प्रतिक्रिया दिनुहोस्