आज संसदमा एमसीसी टेबल नहुने, देउवा र प्रचण्डले गरे यस्तो सहमती

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - बुधबार प्रतिनिधि सभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा आज संसदमा एमसीसी टेबल नगर्ने सहमती भएको हो । 

माओवादी संसदीय दलको बैठक सकेर बालुवाटार पुगेका प्रचण्डले आफ्नो पार्टी यसमा सहमत नभएको प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए । उनीहरुबीच एमसीसी आज पेश नगर्ने  र बिहिबार गठबन्धनको बैठक बस्ने सहमती भएको हो । 

माओवादीको बैठकले सरकारले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:३२
प्रतिक्रिया दिनुहोस्