एमसीसी पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेका प्रचण्ड देउवा भेट्न पुगे 

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बुधबार माओवादी संसदीय दलको बैठक सकेर प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट गर्न बालुवाटार पुगेका हुन् ।

सरकारले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेका प्रचण्ड देउवालाई भेट गर्न पुगेका हुन् । उनले आफ्नो पार्टीको निर्णय बारे जानकारी गराउन बालुवाटार पुगेका हुन् ।

माओवादी संसदीय दलको बैठकले एमसीसी अनुमोदन प्रस्ताव संसद बैठकमा पेस गरिए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:०७
प्रतिक्रिया दिनुहोस्