केपी ओली र पाकिस्तानी राजदूत साहबीचको भेटवार्तामा के-के भयो ?

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानी राजदूत सयेद हैदर साहबीच भेटवार्ता भएको छ । 

आइतबार एमाले अध्यक्ष ओली र राजदूतसाहबीच बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको हो । उक्त भेटमा नेपाल र पाकिस्तानबीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ । 

ओलीको प्रधानमन्त्रीकालमा पाकिस्तान र नेपालको सम्बन्धदेखि सार्कलाई थप उचाइमा पु¥याउन सफल भएको बारेमा छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:०४
प्रतिक्रिया दिनुहोस्