एमसीसी पारित गर्न अमेरिकाले दबाब दिँदा पनि एमाले र माओवादी मौन बसेको भन्दै बैद्यले पोखे आक्रोश

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरणले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई लिएर अमेरिकाले दबाब दिँदा पनि राजनैतिक दलहरु मौन बसेको भन्दै आक्रोशित भएका छन् । 

शुक्रवारको कांग्रेस केन्द्रिय कार्यसम्पादन बैठकले एमसीसी पारित गर्नका लागि सर्वसम्मत निर्णय गरेको तथा एमसीसी परियोजनाकी उपाध्यक्ष फातिमा सुनार र अमेरिकी बिदेश सहायक मन्त्री डोनाल्डले दबाब दिएको बिषयमा एमाले र माओवादी केन्द्र मौन बसेको उनको भनाई छ । 

आगामी १६ फागुन भित्र संसोधन बिना नै एमसीसी पारित गर्नका लागि उपाध्यक्ष सुनार र सहायक बिदेश मन्त्री लुले सार्वजनिक रुपमा दबाब बढाएपछि त्यसको सामना गर्नुपर्ने उनको भनाई छ । 

m.jpg

उनले भनेका छन, - 'अमेरिकी साम्राज्यवादी शासक वर्गले हिन्द–प्रशान्त रणनीति अन्तर्गतको एमसीसी परियोजनालाई नेपालको संसदबाट अनुमोदन गराउन चर्को दवाव दिंदै आएको छ । त्यसको पछिल्लो कडी परियोजनाकि उपाध्यक्ष फतिमा सुमारले यही फागुन १६ गते तदनुसार फेब्रुुअरी २८ तारिखसम्म अनुमोदन गरिसक्नु पर्ने भनी यही माघ २३ गते काठमाण्डु पोष्टमा प्रकाशित अन्तर्वार्ता मार्फत् दिएको ठाडो आदेश हो ।'

'त्यसले मात्र नपुुगी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले पुनः अस्ति माघ २७ गते नेपाली कांग्रेसका सभापति तथा गठबन्धन सरकारका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओली र नेकपा (माके)का अध्यक्ष पुुष्पकमल दाहाललाई प्रत्यक्ष फोनबाट तोकिएको सीमाभित्र एमसीसी परियोजना संसदबाट अनुमोदन गर्नुपर्ने र सो नगरे चीनको दवावका कारण अनुमोदन हुन नसकेको भनी बुझ्ने भनेर शीर्ष नेताहरुलाई धम्क्याइएको कुरा विभिन्न संचार माध्यममा प्रकाशित भएको छ । यसलाई सम्बन्धित पार्टीका आधिकारिक स्रोतहरुले पुुष्टि समेत गरेका छन् । यो अमेरिकी साम्राज्यवादको दादागिरी र एउटा सार्वभौम देशको राष्ट्रिय स्वाधीनतामाथिकोे ठाडो र नाङगो हस्तक्षेप हो ।' 

सुनारले एमसीसी परियोजना संसोधन नहुने तथा १६ फागुन भित्र पारित गर्नै पर्ने भन्दा पछिल्लो समयमा अमेरिकाले दबाब बढाउनु स्वतन्त्र र सार्वभौम मुलुक माथी हस्तक्षेपसमेत भएको उनको भनाई छ ।  

उनले भनेका छन, - 'हाम्रो पार्टी अमेरिकी साम्राज्यवादको यस प्रकारको प्रत्यक्ष हस्तक्षेप र संसदवादी राजनीतिक पार्टीहरुले गरेको अमेरिकी साम्राज्यवादको नाङ्गो दलालीको तीव्र भत्र्सना र घोर विरोध गर्दछ ।'

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:३१
प्रतिक्रिया दिनुहोस्