गगन थापालाई किरण पौडेलको प्रश्न - २४ लाख कोरोना खोप कहाँ गयो ? दुलोमा पसेर हेरेर हुँदैन (भिडियोसहित)

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले नेपाली कांग्रेसका महामनत्री गगन थापासँग हराएको २४ लाख कोरोना खोप कहाँ गयो भनेर सोधेका छन् । 

उनले हिजो भेन्टिलेटर खोइ सरकार भन्दै चिच्चाउनेहरु खोप हराउदा कुन दुलोमा पसे भन्दै आक्रोस पोखेका छन् ।  सिटामोल जस्तो एउटा आधारभुत औषधि जनताले किन्न नपाउँदा पनि सरकारले दुलोमा पसेर हेरिरहेको उनको भनाई छ । 

उनले भने - 'कोरोनाको शुरुवाती समयमा नेपालमा हाम्रो संक्रमितहरुको उपचारको लागि खरिद प्रक्रियालाई तिव्र गतिमा अघि बढाउनको लागि हाम्रो पार्टी नेतृत्वको सरकार कमरेड अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले तिव्र गतिमा खरिद प्रक्रिया अघि बढाउदै थियो । '

'ठिक त्यहि समयमा यहि सडकबाट, सदनबाट नेपाली कांग्रेसका एक जना नेता चिच्चाउँदै थिए । अहिले नेपाली कांग्रेसको महामन्त्रीमा पनि छन् सायद तीनी । सडकमा बसेर ती नेताले चिच्चाइरहेको आज हामिले सम्झिरहेका छौं । भेन्टिलेटर खोइ सरकार भन्दै चिच्चाउदै थिए । आइसियू बेड खोइ सरकार भनेर चिच्चाउदै थिए ती नेताले ।'

सिटामोल जस्तो एउटा आधारभुत औषधि जनताले किन्न नपाइरहेको बताउदै उनले भने  - 'आज यो देशमा तीनै नेताको पार्टी सत्तामा छ । अनि सिटामोल जस्तो एउटा आधारभुत औषधि जनताले किन्न पाइरहेका छैनन् । आज गगन थापा, विश्वप्रकाश जस्ता नेताहरु कुन दुलोमा पसेर हेरिरहेका छन् । आज नेपाली जनताले सोधिरहेका छन् । '

'दिनदहाडै स्वास्थ्य मन्त्रालयभित्रबाट दुई लाख, चार लाख होइन २४ लाख डोज खोप हराउछ । चोरी हुन्छ । हिजो भेन्टिलेटर खोइ भनेर चिच्चाउने गगन थापा जी २४ लाख खोप कहाँ गयो । आज नेपाली जनताले खोजिरहेका छन् । '

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:०४
प्रतिक्रिया दिनुहोस्