क्यानडा नेपालको बिशेष बहस : 'एमसीसी पास गर्न कांग्रेस र एमालेको मात्र समान धारणा बने पुग्छ'(भिडियोसहित)

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं - नेपाली कांग्रेसका नेता केन्द्रीय सदस्य प्रकाश रसाइलीले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न नेपाली कांग्रेस र एमालेको मात्र समान धारणा बने पुग्ने बताएका छन् । 

क्यानडा नेपालको बिशेष बहसमा कुरा गर्दै सांसद समेत रहेका रसाइलीले सो कुरा गरेका हुन् । बिशेष बहसमा एमसीसी बारे कांग्रेसका नेता रसाइली र नेकपा एमालेका केन्द्रीय सदस्य तथा नेता सूर्य पाठकले आफ्नो धारणा राखेका छन् । 

एमसीसी पास गर्न सभापति शेरबहादुर देउवा जोडतोडले लाग्नुभएको छ, तपाईको यस बिषयमा के धारणा छ भन्ने प्रश्नमा नेता रसाइलीले भने - "हाम्रो पार्टी मात्र होइन सत्तामा हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजन हुनुभन्दा पछाडी, आज सत्ता बाहिरिनु पछाडि जनादेश भन्दा बाहिर बस्नुको पछाडी एउटा एमसीसी पनि उहाँको कारण थियो ।"

उनले थपे - "हाम्रो प्रधानमन्त्री पार्टी सभापतिका हिसाबले होइन प्रधानमन्त्रीको हिसाबले हिजोको सरकारको अबिछिन्न उत्ताधिकारी भएका कारणले एमसीसी पास गर्नुपर्छ भन्ने उहाँको मनसाय होला । तर, अलिकति त्यसका पछाडी महत्वपूर्ण कुरा, हाम्रो पार्टी र केन्द्रीय समितिको बैठकमा व्यापक रुपमा छलफल र बहस भएको छैन ।"

"संसदमा पहिलो चरणमा टेबुल हुन्छ र त्यसपछि पास हुने प्रक्रिया हुन्छ । त्यसका बारे बुँदा बुँदा छलफल हुन्छ । एमसीसी भनेको कुरा एक हातले ल्याउने र सांसदले तालि बजाउने कुरा मात्र होइन । संसदका आफ्ना विधि प्रक्रिया छन् । कम्तिमा पनि केही समय राख्छ । कम्तिमा पनि एक हप्ता लाग्छ ।"

एमसीसी राष्ट्रिय सहमतीको बिषय बन्नु पर्ने बताउदै रसाइलीले एमसीसी पास गर्न कांग्रेस र एमालेको मात्र समान धारणा बने मात्र पुग्ने बताए । 

उनले भने - "एमसीसी राष्ट्रिय सहमतीको बिषय बन्नु पर्छ । त्यसति बन्न सकिएन भने पनि सत्ता पक्ष नेपाली कांग्रेस र नेकपा एमालेको समान धारणा बन्नुपर्छ । किनभने हिजो तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी पास गर्नुपर्छ भनेको र अहिलेका प्रधानमन्त्री देउवाले पनि एमसीसी टेबुल गर्नुपर्छ भनेको हुनाले । कम्तिमा पनि दुई वटा पार्टी एकठाउँमा हुँदा पनि समान धारणा पनि बन्छ, राष्ट्रिय सहमती पनि बन्छ । त्यसले नेपालको राजनितिक निकाश पनि दिन्छ ।"

एमालेका नेता पाठकले प्रचण्ड जस्ता दुई जिब्रे नेताका कारण देशले दुख पाउने बताएका छन् । उनले भने "पहिलो कुरा, सत्ता गठबन्धनको एमसीसीका बारेमा के हो धारणा प्रष्ट छैन । मलाई चिन्ता कहाँ नेर छ भने, यस्ता दुई जिव्रा नेता भएपछि देशमा कुन दुखपाउने होला देशले, मान्नुस् पुष्पकमल दाहाल प्रचण्डले पार्टीको महाधिवेशनमा एमसीसी शंसोधनबिना पास गर्न सक्दैनौं भन्नुभो, कार्यकर्ताले आवाज उठाउनुभो । त्यो कुरा उहाँको अफिसियल डकुमेन्ट हो । तर अमेरिकाल उहाँ र शेर बहादुर देउवाले लेखेको त्यो पत्रमा हेर्नुभो भने रिभिजन भन्ने शब्द कहि पाउनुहुन्छ रु संसद भन्ने शब्द कहीँ देख्नु भएको छ । "

"उहाँहरुले एमसीसी ठिक छ । एमसीसीका बारेमा हामि जनतालाई बुझाउँछौं । राष्ट्रिय मिडियालाई परिचालित गराउँछौं । र एमसीसी हामि पास गराउन पूर्ण रुपमा प्रतिबद्द छौं । भनेर हस्ताक्षर गर्नुहुन्छ । तर प्रचण्ड महाधिवेशनमा आएर भन्नुहुन्छ एमसीसी शंसोधन गर्नुपर्छ । यस्ता दुईजिब्रे नेताहरु भएको देशमा कति दुख पाउँला देशले । "

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:०२
प्रतिक्रिया दिनुहोस्