एमसीसीको बिषयमा पार्टीका सबै नेताको एकमत, बुढो भैसी मर भनेर मर्दैन - बिडारी (भिडियोसहित)

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेकपा (माओवादी केन्द्र)का नेता रामनारायण बिडारीले गठबन्धन कुनै हालतमा नटुट्ने दाबी गरेका छन् ।  क्यानडा नेपाल डटकमसँग कुराकानी गर्दै रामनारायण बिडारीले सो कुरा गरेका हुन् । उनले भने - "कसैले मोटो भैसी मर्देओस् भनेर मर्दैन, किनकी मासु खानेहरुले त्यसो भन्छन् । कुरा केहो भने गठबन्धन फुट्दैन । बुढो भैसी मर भनेर मर्दैन । "

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भएको आलोचनाको प्रशंगमा बोल्दै उनले उक्त पत्रले नेपाललाई केही नबिगारेको बताए । उनले एमसीसीको बिषयमा आफ्नो पार्टीका सबै नेताको एकमत नै रहेको बताए। उनले प्रचण्डले दुई जिब्रे कुरा नगरेको भन्दै सधै एउटै कुरा गरेको बताए । 

उनले भने - "प्रचण्डलाई विवादमा ल्याउन नखोजेको समय कहिले छ ? चाहे जनयुद्दको बेला होस्, प्रचण्ड भनेको ज्ञानेन्द्र हो भन्या, होरैछ त ? ती मान्छे जसले अहिले विवाद आयो । यी दुई जिव्रे हो भन्छन् नी । त्यो बेला भनेको थियो प्रचण्ड भन्ने मान्छे छैन । जनयुद्दको बेला, प्रचण्ड भनेकै ज्ञानेन्द्र हो। तीनै मान्छेका कुरा हुन् अहिले पनि घुमाइफेराई । "

"पत्र नै पढे भैगोनी, यो तिम्रो पास गर्दिन्छु भनेर लेखेको छ । कुरा मिलाउन त खोजी रहेका छौ त हामिले । आजको मितिमा पनि हाम्रो पार्टीको एकमतको निर्णय छ । त्यो के हो यथास्थितीमा एमसीसी पास हुँदैन । "

प्रचण्डलाई दुई जिव्रे भन्नेलाई रामनारायण बिडारीको कडा जवाफ, गठबन्धन नटुट्ने दाबी प्रचण्डलाई दुई जिव्रे भन्नेलाई रामनारायण बिडारीको कडा जवाफ, गठबन्धन नटुट्ने दाबी

"हामिलाई समय ल्याउ, हामि छलफल गर्दैछौं । हामिलाई फागुनसम्मको समय चाहिँयो । हामि यहाँ कुरा गर्दैछौं । हामिले जनतालाई कम्भिन्स गर्नु पर्ने, पार्टीलाई कार्यकर्तालाई कन्भिन्स गर्नुपर्यो । नेपालका अरु राजनितिक दलसँग पनि छलफल गरेर टुंगाउनुपर्यो । त्यो काम गर्न समय चाँहियो । जानेको त्यहि त हो ।" 

"प्रचण्डले यो पास गरिदिन्छु । फागुनमा पास हुन्छ भन्या छन् ? छैनन्नी । अहिले पनि प्रचण्डको भनाई के हो, हाम्रो माओवादी पार्टीको भनाई के हो भन्दाखेरी यथास्थितीमा एमसीसी पास गर्न सकिन्न । यसको विवाद भयो धेरै । यो विवाद हाम्रो प्रचण्डले गर्या हो ।"
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:१५
प्रतिक्रिया दिनुहोस्