माघ २६ गते एमसीसीको विरोधमा जनप्रदर्शन

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा माघ २६ गते काठमाडौंमा जनप्रदर्शन हुने भएको छ । 

एमसीसीको विरोधमा उत्रिएका विभिन्न राजनीतिक पार्टीले सोही दिन जनप्रदर्शन गर्ने भएका हुन् । 

शनिवार नेकपा मालेका महासचिव सीपी मैनालीको अध्यक्षतामाबसेको २२ वटा राजनीति पार्टी, मोर्चा, अभियान र संगठनहरुको बैठकले माघ २६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय गरेको हो । उक्त बैठकले विभिन्न ४ बुँदे निर्णय गरेको हो । 

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:५४
प्रतिक्रिया दिनुहोस्