एमसिसीका बिषयमा प्रचण्ड र माधव अलमलमा, जसपा र लोसपा सहमत 

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं - मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बिषय अहिले निकै चर्चामा छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिट्टै एमसीसी संसदबाट पास गराउन कम्मर कसेर लागेका छन् । 

तर यस बिषयमा गठबन्धन दलको सहमतीमा नै एमसीसी सम्झौताको काम अघि बढाउने बताउदै आइरहेका देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले निधो नदिदा अलमलमा परिरहेका छन् । 

प्रचण्ड र माधव एमसीसी संशोधन नगरी पास गर्न नहुने अडान राख्दै आइरहेका छन् । यसैबीच जनता समाजवादी पार्टी ९जसपा० र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले भने एमसीसीमा सहमती जनाउने भएका छन् । 

सरकारमा रहेको जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले पहिले देखि नै एमसीसीका बिषयमा सकरात्मक कुराहरु गर्दै आएइरहेका छन् भने यस पार्टी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने यस बिषयमा आफ्नो कुनै धारणा राखेका छैनन् । यस्तै सरकार बाहिर रहेको लोसपा पनि एमसीसीको पक्षमा रहेको छ । बुधबार लोसपाका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । 

उक्त भेटमा उनले आफूहरुले यसअघि उठाएको माग बारे के भइरहेको छ भन्दै प्रधानमन्त्रीलाई प्रश्नसमेत गरेका थिए । लोसपाले संविधान संशोधन, रेशम चौधरी लगायतको रिहाइ र मधेश आन्दोलनमा लागेका मुद्दा फिर्ता, नागरिकता समस्या समाधान लगायको माग राख्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:०२
प्रतिक्रिया दिनुहोस्