एमसीसीको सन्नीपातले सत्तासीनलाई बर्बराउने बनायो - गोकुल बाँस्कोटा

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले एमसीसीले सत्तामा रहेकाहरुलाई बर्बराउने बनाएको बताएका छन् । सरकारले एमसीसी सम्झौता अघि बढाउने तयारी गरिरहेको बेला बिहिबार सामाजिक सञ्जालमार्फत नेता बाँस्कोटाले सो कुरा गरेका हुन् । यसअघि सजिलै सत्ताको लागि चिम्टा बनाउँदा अहिले आफैलाई सनासो भएको उनको भनाई छ । 

उनले लेखेका छन् - "एमसीसीको सन्नीपातले सत्तासीनलाई बर्बराउने नै बनाएछ।सम्झौता गर्ने उनै हुन, बहुमत उनैसंग छ।सेप्टेम्बर ३ को कायनबाचा उनैले गर्या हुन।द्विपक्षीय बिषय बहुपक्षीय बनाउने महान कुटनीतिक सफलता उनकै हो।हिजो सजिलै सत्ताको लागि चिम्टा बनायौ,आज आफैलाई सनासो भो।कस्लाई था छैन र?देख तेरा तमासा !"

प्रधानमन्त्री शेरबहादुर देउवा अहिले गठबनधनका दलहरुसँग सहमती गरेर नै एमसीसी सम्झौता अघि बढाउने तयारीमा जुटिरहेका छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:५८
प्रतिक्रिया दिनुहोस्