गठबन्धनले देशलाई विनाशतर्फ धकेल्यो, खोप हरायो भन्नु हास्यास्पद - ओली

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई गठबन्धनले ओरालो यात्रामा लगेको आरोप लगाएको छ । 

बुधबार पार्टी केन्द्रीय सचिवालयको बैठकमा बोल्दै ओलीले सो कुरा गरेका हुन् । सरकारलाई देशको कुनै चिन्ता भएको नदेखिएको बताउदै ओलीले गठबन्धनले देशलाई विनाशतर्फ धकेलेको पनि बताए ।

उनले भने - 'पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगाएको छ । आर्थिक अराजकता, अनियमितता र बेथितितर्फ धकेल्यो । '

उनले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने पनि बताए । निर्वाचन आयोगले गरेको सिफारिसकै समितिमा निर्वाचन हुनुपर्ने बताउदै ओलीले सोही मितमा निर्वाचन हुनुनै पर्ने बताए । २४ लाख खोप कोरोना खोप हरायो भन्नु हास्यास्पद भएको बताउदै ओलीले यो राम्रो नभएको बताए । 

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:३२
प्रतिक्रिया दिनुहोस्