प्रधानमन्त्री देउवा र प्रचण्डबीचको भेटवार्तामा यी बिषयमा छलफल

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। बुधबार प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको हो । 

उनीहरुसँगै गृहमन्त्री बालकृष्ण खाण पनि सहभागी भएका छन् । उनीहरुबीच स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका बिषयमा छलफल भएको बताइएको छ । 

यसअघि प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूलाई स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्ने बताइसकेका छन् । निर्वाचनको मिति अब मन्त्रिपरिषद बैठकबाट मात्र तय गर्न बाकीँ रहेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:०७
प्रतिक्रिया दिनुहोस्