केपी ओलीलाई निस्वार्थ साथ दिएका महेश बस्नेत जसले मन्त्रीपद सम्म त्यागे

बुधबार, मंसिर ७, २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तत्कालीन नेकपामा संकट पैदा भएदेखि खरो रुपमा साथ दिएका युवा नेता तथा सांसद महेश बस्नेत आफू फेरि एकपल्ट ओलीलाई प्रधानमन्त्री बनाउन कुदेको बताउछन ।

नेकपामा प्रचण्ड र माधव नेपाल गुटले पैदा गरेको संकटदेखि संसद विघटन गर्ने कदम सम्म महेश बस्नेतले एकोहोरो केपी ओलीलाई साथ दिए तर कुनै पदको बार्गेनिंग गरेनन् । आफूले दिनरात समर्थन गरेको अध्यक्ष ओली प्रधानमन्त्री हुँदा मागेको मन्त्री पद पाउन सकिने भएपनि, पार्टी महाधिवेशनमा शक्तीशाली अध्यक्ष हुँदा रोजेको सचिव पद पाउन सकिने भएपनि नेता बस्नेतले पद भन्दा देश विकासलाई अघि सारेर केपी ओलीलाई निस्वार्थ समर्थन गर्दै हिंडे । 

महेश बस्नेतले केपी ओलीलाई समर्थन गरेको देख्दा सबैले केपी ओलीको हनुमान सम्म भने तर सामाजिक संजालमा आउने कमेन्टले आफू नआत्तिएको बताउछन । "मलाई केपी ओलीले गरेको निर्णयलाई साथ समर्थन दिएको देख्दा मलाई के के भने भने । केपी ओलीको हनुमान नै भन्छन तर हनुमान भनेको सहि नै हो । केपी ओली जत्तिको नेता अहिले कोही छैन जसले देश विकासलाई आफ्नो लक्ष्य बोकेर हिड्नु भएको छ । अनि म पनि देश विकासको लागि राजनीतिमा आएको हुँ अनि केपी ओली जत्तिको नेताको हनुमान नै भएर देश विकास हुन्छ भने त्यस्तो कमेन्टलाई सकारात्मक रुपमा लिने गरेको छु ।"

केपी ओलीले गरेको निर्णयहरु प्राय विवादित छन् तर पनि समर्थन गर्दा आफ्नो राजनीति क्यारियरलाई नोक्सान पर्ने तर्क विश्लेषकहरुको हुने गरेको छ नि भन्दा महेश बस्नेतले भने, "हेर्नुस केपी ओली त्यस्तो नेता हुन् जो आजको भन्दा भोलीको सोच्ने गर्नुहुन्छ । केपी ओलीले गरेको निर्णय तत्काल लाभ नदेखिने भएकाले विवादित बनाउने खोज्छन मिडियादेखि विपक्षी दलहरु । तर अन्त्यमा केपी ओलीले गरेका निर्णय सहि नै प्रमाणीत हुँदै आएका नि छन् । दल विभाजन सम्बन्धी अध्यादेश आउँदा ओलीलाई खरो खन्ने कांग्रेस र माओवादी केन्द्रले पछि त्यही कदमलाई सहि प्रमाणीत गरे । संसद विघटन गरेर अर्ली इलेक्सनमा जाने निर्णयलाई प्रतिगमन भनेका प्रचण्ड र माधव नेपाल अहिले आएर त्यहि कारण देखाएर अर्ली इलेक्सनमा जाने भनेर केपी ओलीको निर्णयलाई सही साबित गरे । अब भन्नुस मैले केपी ओलीलाई नबुझेर साथ दिएको हो र ?"

मेडिकल टुरिजमले नेपालको मुहार फेर्छ, सरकारले स्वास्थ्य र शिक्षामा लगानी गर्न दिनुपर्छ मेडिकल टुरिजमले नेपालको मुहार फेर्छ, सरकारले स्वास्थ्य र शिक्षामा लगानी गर्न दिनुपर्छ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्यूरो सदस्य समेत रहेका सांसद बस्नेतलाई अध्यक्ष ओलीको निवासमा भेट हुँदा क्यानडा नेपालसंग कुराकानी गर्दै भने, "मेरो राजनीति क्यारियर नोक्सानको कुरा गर्नुभयो, म फाईदाको लागी केपी ओलीलाई साथ दिएको भए मैले यहि घरमा बिहान बेलुका ढुकेर मलाई यो पद र त्यो पद माग्न सक्ने अधिकार त बनाएको छु नि। केपी ओली प्रधानमन्त्री हुँदा मलाई मन्त्री पद खाने भन्दा म बाहिर बसेर सहयोग गर्छु भनेर सरकारमा मेरो जरुरी पर्यो भने बोलाउनुस भनेर बालुवाटारबाट फर्केको मान्छे हुँ म । सचिव पदलाई उमेद्द्वारी दिएको थिएँ तर पार्टीमा सन्तुलन मिलाउन अध्यक्ष ओलीलाई सहज पार्दै म सचिव पदबाट ब्याक सम्म भएँ । मलाई राजनीतिक लाभ लिनुपरेको भए मन्त्री बन्थे होला तर मैले पहिला विकास अनि केपी ओलीको लक्ष्य पूरा गर्न के गर्नुपर्छ भन्ने मात्र सोचेको छु ।"

भक्तपूरको विकास बारे महेश बस्नेतको फेसबुक हेर्यौं भने छर्लंग हुन्छ । यहि विषयलाई केन्द्रीत गर्दै नेता बस्नेतले भने, "म मन्त्री भएर हेरिसकेको मान्छे हुँ त्यसैले मन्त्री हुनु ठूलो उपलब्धी मान्दिन । जनताले मलाई भोट दिएर सांसद बनाए र त्यो ऋण तिर्न मैले सांसद भएर नै भक्तपूर विकासमा कुनै कन्जुस्याई गरेको छैन । मेरो कामको प्रभाव भक्तपूरमा गएर सोध्नुस जनताले भनिदिनुहुन्छ । निर्वाचनमा मेरो ठाउँमा जनताले मलाई नै भोट दिनुहुन्छ ढुक्क छु किनकी मैले गरेको विकास सबैले देख्नुभएको छ ।"

केपी ओलीलाई प्रधानमन्त्री बनाउन महेश बस्नेत लागेको समेत उल्लेख गरेका छन् । अहिलेको अवस्थामा देश विकास गर्नुछ भने एमाले पार्टीलाई बहुमत भोट दिनुपर्छ र केपी ओलीलाई प्रधानमन्त्री बनाउनपर्छ । नत्र प्रचण्ड र माधव नेपाल जस्ता स्वार्थी नेताहरुले आफ्नो निजी स्वार्थको लागी देशलाई घुमाई रहन्छन भन्ने तर्क नेता बस्नेतले प्रस्तुत गरेका छन् ।

"केपी ओलीसंग म जस्ता युवाहरु बिना स्वार्थ साथ दिने अघिपछि छन् । केपी ओलीले हामी जस्तो युवाहरुको कुरा र योजनाहरु सुन्नुहुन्छ त्यसैले वहाँले आधुनिक विकास तर्फ देशलाई लानुहुन्छ । अबको ५ वर्षलाई केपी ओलीलाई प्रधानमन्त्री बनाउन सके देशले कहिल्यै पछाडी हेर्नुपर्ने छैन । यो लक्ष्य बोकेर म हिंडेको छु । अबको निर्वाचनमा हेर्नुस एमालेमय हुनेछ, केपी ओलीमय हुनेछ । प्रचण्ड र माधव नेपाल जस्ता स्वार्थी नेताहरु घर भित्रै थन्किने छन् ।"

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:२०
प्रतिक्रिया दिनुहोस्