उद्योगीहरुलाई प्रधानमन्त्री देउवाले भने - 'मल कारखाना नेपालमै खाल्नुस्, सरकार सहयोग गर्न तयार छ'

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमै मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

मंगलबार सरकारी निवास बालुवाटारमा अफगानी नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरुसँगको भेटमा देउवाले सो आग्रह गरेका हुन् । भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गरेमा सरकार सहयोग गर्न तयार रहेको बताए । 
 
उनले भने - 'कतिपय सरकारलाई प्रायोरेटिजहरू हुन्छन्, जस्तो अहिले कुरा आएको छ, फर्टिलाइजर प्रायोरेटीको कुरा भएन, पाइएकै छैन के गर्नु रु यहाँ त्यो उद्योग खोल्नुस्। यस्ता कति कुराहरूमा सहयोग गर्नुपर्ने उद्योग खोल्नुपर्ने कुरा छ। त्यसैले तपाईंहरूलाई त्यो सहयोग दिन हामी तयार छौं।'

उनले थपे - 'अफगानिस्तानमा अत्यन्तै खाद्य संकट छ। त्यसमा युएनएसमेतले अफगानीहरू भोकै मर्न थाले मानवीय सहायता सहयोग चाहियो भनेर सहयोग माग्दा नेपालका सबै उद्योगपति सबैले मानवीय संकटमा खाद्यान्न पुर्‍याउने जस्तो कुरामा मद्दत गर्नुभयो, सबैलाई हार्दिक धन्यवाद'
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:५४
प्रतिक्रिया दिनुहोस्