उपचारपछि स्वदेश फर्किए वर्षमान पुन, भने - 'पदाधिकारीहरु पनि सहमतिमा नै छानिन्छ'

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वदेश फर्किएका छन् । थाइल्याण्ड हुँदै थप उपचारका लागि मंसिरमा चीन पुगेका पुन स्वास्थ्यलाभ गरी सोमबार साझँ स्वदेश फर्किएका हुन् । 

साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनलाई माओवादी केन्द्रका नेताहरुले स्वागत गरेका थिए । पुनलाई नेताहरु नारायणकाजी श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजसहित नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।  

स्वदेश फर्कने क्रममा  विमानस्थलमा पुनले पार्टीको महासचिवमा आफ्नो दाबी हुनु स्वाभाविक रहेको बताए । आफ्नो स्वास्थ्य अवस्थाका कारण महाधिवेशनमा भाग लिन नपाएपनि महाधिवेशनबाट पारित नीति र कार्यक्रमप्रति आफ्नो समर्थन रहेको बताए । उनले पदाधिकारीहरु पनि सहमतिमा नै छानिने पनि बताए ।

लामो समय विदेशमा स्वास्थ्योपचार गरी पुन हिमालयन एयरलाइन्सको कार्गो विमान स्वदेश फर्किएका हुन् । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बङ्गाणुगत जण्डिसको समस्या झेलेका पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर फर्किएका हुन् ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:४५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार