मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - मधेश प्रदेशमा मंगलबार सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम र राजधानी टुङ्गो लागेको खुशिमा मंगलबार सार्वजनिक बिदा दिइएको हो । 

लामो समयको बहसपछि सोमबार प्रदेशको नाम मधेश र राजधानी जनकपुर राखिएको छ । प्रदेशसभाको सोमबारको बैठकले प्रदेशको नाम मधेश र राजधानी जनकपुरलाई बहुमतले पारित गरेको हो । 

यहि खुशिमा मंगलबार मधेशमा सार्वजनिक बिदा दिइएको प्रदेश सरकारका प्रवक्ता शैलेन्द्रप्रसाद साहले जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:०२
प्रतिक्रिया दिनुहोस्