कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकार गम्भीर रहेको प्रधानमन्त्रीको भनाई, मन्त्रीलाई दिए यस्तो निर्देशन

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - शुक्रबार सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाभाइरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न सरकार गम्भीर रहेको बताए । 

उनले नेपालमा पछिल्लो समय कोरोना बढ्दै गएको भन्दै यसको नियन्त्रणको लागि सबै मन्त्रीलाई एक्शनमा उत्रिन निर्देशन पनि दिए । बैठकमा प्रधानमन्त्री देउवाले कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे मन्त्रीहरुसँग जानकारी लिएका थिए । 

उनले मन्त्रीहरु नै संक्रमित हुनु राम्रो नभएको भन्दै आवश्यक सावधानी अपनाउन निर्देशन दिएका एक मन्त्रीले बताए । उनले कोरोना खोप पनि घरघरमा गएर लगाउन निर्देशन गरेको ती मन्त्रीले बताए । 

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:५५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार