पार्टी गठन भएको ५ महिनाबित्दा पनि बस्न सकेन लोसपा कार्यकारिणी बैठक, दुई सदस्यले पार्टी छोडे

बुधबार, मंसिर ७, २०७९

काठमाडौं - महन्थ ठाकुरकाे नेतृत्वमा गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा नेपाल) को कार्यकारिणी समितिको बैठक अझै बस्न सकेको छैन । पार्टि गठन भएको ५ महिना बितिसकेको छ । 

तत्कालिन जनता समाजवादी पार्टी नेपालबाट विभाजित भई यही ९ भदौंमा लोसपा नेपाल गठन भएको थियो । तर गठन भएपछि यतिका समयसम्म पनि कार्यकारिणी समितिको बैठक बस्न नसकेको हो ।

सो पार्टीको एक मात्रै आधिकारिक निकाय कार्यकारिणी समितिको बैठक बस्न नसक्दा राजनीतिक समिति र केन्द्रिय समितिसहित भातृ र शुभेच्छुक संस्थाहरु गठन हुन सकेको छैनन् ।

गठन भएको पाँच महिनासम्म कार्यकारिणी समिति बैठक नबसेको अवस्थामा दुई जनाले पार्टी छाडेका छन् । ३१ सदस्सीय कार्यकारिणी समितिमा रहेका राजकुमार लेखी नेकपा एमाले प्रवेश गरेका छन भने अर्का सदस्य तथा प्रतिनिधिसभाका निलम्बित सांसद रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको नामवाट नागरिक उन्मुक्ति पार्टी दर्ता गरेका छन् ।
 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:२५
प्रतिक्रिया दिनुहोस्